२४ घण्टामा १३०४ संक्रमित थपिए, २१ को मृत्यु

39
काठमाडाैं – बितेको २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ ।

उपत्यकामा कति पुगे संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् । २४० महिला र २९० पुरुषसहित ५३० संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या ८८ हजार ३०२ पुगेको छ भने त्यसमध्ये ८१ हजार ११० जना निको हुँदा ६ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ३८६ जनाको मृत्यु भएको छ ।
यसैगरी भक्तपुरमा हालसम्म ७ हजार ९९५ जना संक्रमित रहेकोमा ७ हजार २९८ जना निको भएका छन् भने ६०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ९३ जनाको मृत्यु भएको छ।
यसैगरी ललितपुरमा हालसम्म १३ हजार ३५९ जना संक्रमित रहेकामा ११ हजार ८८४ जना निको भएका छन् ।
यस्तै १ हजार ३६१ जना सक्रिय संक्रमित रहेका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here