हवाइ आक्रमणमा बोको हरामका आधार शिविर ध्वस्त

207

एजेन्सी – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नामा नाइजेरियाली सेनाले गरेको हवाइ हमलामा बोको हरामका धरै लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता जो इन्जेले एक विज्ञप्ती निकालेर आतंककारी समूहका क्याम्पमा हमला गरेको जनाएका छन् ।

उक्त हमलामा आतंककारीहरुका सैन्य गतिविधि, बन्दोबस्तीका सामान तथा अन्य महत्वपूर्ण दस्तावेजहरु क्षतिग्रस्त भएको सरकारी सेनाको दावी छ । सेनाले नाइजेरियामा जारी हिंसा अन्त्यका लागि आतंकवादी र अन्य आपराधिक तत्वहरुको उन्मूलन गर्न आफ्नो प्रयासलाई निरन्तरता दिने जनाएको छ ।

सन् २००९ देखि विद्रोही समूह बोको हरामले उत्तरपूर्वी नाइजेरियामा इस्लामी राज्य स्थापना गर्न संघर्ष गरीरहेको छ ।साथै अन्य देशहरुमा पनि आफ्ना सैय गतिविधिलाई बिस्तार गर्दै हमलाका श्रृंखलाहरु जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here