भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक

125
Prime Minister, Narendra Modi with Union Home Minister Rajnath Singh at the inauguration of the birth centenary of Rani Gaidinliu, in New Delhi on Monda

काठमाडौं  । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्।

लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाईएको । मोदीले बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन्। त्यसलगत्तै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्ने जनाईएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनी प्रधानमन्त्रीको रुपमा पहिलोपटक सन् २०१४ मा नेपाल आएका थिए । लुम्बिनीमा भने भ्रमण गर्ने मोदी पहिलो भारती प्रधामन्त्री हुनेछन् । उनी सोही दिन भारत फर्किने पनि जनाईएको छ । अहिले लुम्बिनीको सुरक्षा अवस्था मजबुद बनाईएको छ । हिजो (बुधबार) मात्रै भारतीय वायु सेवाको जहाज लुम्बिनी अवतरण भैसकेको छ। उक्त विमानमा भारतीय सुरक्षा अधिकारीहरू आएका थिए ।

उता, भारतीय विदेश मन्त्रालयले पनि मोदीको नेपाल भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल र भारत दुवै देशका विदेश मन्त्रालयबाट मोदीको लुम्बिनी भ्रमणको बारेमा औपचारिक वक्तव्य सार्वजनिक गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here