भारतीय दूतावासमा महिला सांसदको भलाकुसारी

214

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका महिला सांसदहरुसँग सोमबार छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । सांसदहरुले राजदूतले चिनजान र भलाकुसारीका लागि चिया खान बोलाएको जनाएका छन् ।

भारतीय दूतावासमा नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद पुगेका थिए । संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here