साफ उपविजेता नेपाली महिला टोलीलाई प्रदेश सरकार र महानगरको सम्मान

222

विराटनगर / पाँचौ साफ महिला फुटबल च्याम्पियनशीप प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई प्रदेश नं। १ सरकारले जनही १ लाख नगद सहित सम्मान गरेको छ ।

प्रतियोगिता आयोजना हुँदा नै प्रदेश नं. १ सरकारले विजेता बने दुई लाख र उपविजेता बने एक लाख प्रदान गर्ने घोषणा गरेको थियो । मंगलबार विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उहाँहरुलाई सम्मान पत्र र चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्तर प्रदेश मुख्यमन्त्री खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पनि नगद र सम्मान पत्रबाट पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेकोले खेलाडीहरुले पनि मनोबल उच्च राखेर प्रदेशको नाम राख्ने गरी प्रदर्शन गर्न आग्रह गर्नुभयो । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेललाई पेशागत मर्यादा दिन प्रदेश सरकारले गृहकार्य गरिरहेको र खेल खेलेर जीविकोपार्जन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here