ग्रीजमनको डेब्यु खेलमा बार्सिलोना पराजित

200

एजेन्सी / एन्टोइन ग्रीजमनको लागि स्पनिस क्लब बार्सिलोनाको डेब्यु खेल फलदायी भएन प्रि सिजर टुर अन्तर्गत जापानमा रहेको बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग मैत्रीपूर्ण खेलमा हारेको छ । विश्व विजेता टोली फ्रान्सका फरवार्ड ग्रीजमन केही दिनअघि मात्र बार्सिलोनामा अनुबन्ध भएका थिए। तर उनको लागि पहिलो खेल खल्लो बनेको हो।

जापनमा भएको खेलमा लण्डन क्ल चेल्सीले बार्सिलोनालाई २-१ ले हारेको हो । फ्रांक लाम्पार्ड मुख्य प्रशिक्षक भएयता चेल्सीले राम्रो प्रदर्शन गर्न नसकिरहेको बेला बार्सिलोना विरुद्धको जित राहत दिएको छ। यसअघि जापानिज क्लब कावासाकी फ्रोन्टालेसँग चेल्सी १-० ले हारेको थियो ।

चेल्सीका लागि ३४औं मिनेटमा टोबी अब्राहमले पहिलो गोल गरेका थिए। यस्तै ८१औं मिनेटमा रोज बार्कलीले दोस्रो गोल गरे। बार्सिलोनाका लागि अन्तिम समयमा इभान राकिटिकले एक गोल पर्काए पनि हार टार्न पर्याप्त भएन। राकिटिकले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेका हुन्।

नियमित कप्तान लिओनल मेसी, परवार्ड लुइस सुअरेज जस्ता खेलाडी यस टुरमा सहभागि नभएपनि सर्जियो बुस्केट,मार्क टेर स्टेगन, जेरार्ड पिके, जोर्दी अल्वा, इभान राकिटिक, ओसमान डेम्बेले जस्ता खेलाडी चेल्सी विरुद्ध खेलेका थिए। नयाँ अनुबन्ध भएका खेलाडीहरु ग्रीजमनले पहिलो हाफ मैदानमा बिताएका थिए भने डच मिडफिल्डर फ्रान्की डे जोङले दोस्रो हाफमा खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here