काठमाडौं / साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रा.लीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो। २ वटा बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो। यो महिनाभित्रै बस सञ्चालनमा आउछ,’ सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाले भने ।
हालका लागि रिङ्गरोडमा रुट परमिटका लागि निवेदन दिएको र पछि गाडी आउँदा रिङ्गरोड बाहेका सडकमा पनि बिजुलीबस संचालनमा ल्याइने थापाले जानकारी दिए।
सुन्दर यातायातले यो वर्ष भित्र २५ ओटा विजुलीबस सञ्चालनमा ल्याउने जनाएको छ। सुरुवाती चरणमा ४० सिट र ३० जान उभिएर यात्रा गर्न मिल्ने ४ ओटा तथा ३५ सिट र २५ जाना उभिएर यात्रा गर्न मिल्ने ३ ओटा बस संचालनमा ल्याउने छ। यी बसको भाडा अरु सार्वजनिक गाडीका भन्दा ५ रुपैयाँ कम हुने थापाले जानकारी दिए।
‘यो गाडीको खर्च निकै न्यून छ। त्यसकारण अरुले २० रुपैयाँ लिएको ठाउँमा हामी १५ रुपैयामा यात्रा गराउछौ। विद्यार्थीलाई पनि त्यही अनुसार छुट छ,’ थापाले भने।
त्यसैगरी अशक्त, अपांगलाई निशुल्क यात्रा गराउने उनले जानकारी दिए । यात्रा क्यास लेस बनाउन सुन्दर यातायातले काठमाडौ सुन्दर कार्ड’ जारी गर्दै छ जो २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैया व्यालेन्स हुने थापाले जानकारी दिए।
त्यस्तै प्रभु पे बाट भाडा तिर्न सकिने र भाडा तिर्न सहजताको लागि अरु तरिका प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए। गाडीमा ७ ओटा सिसि क्यामरा, जिपिएस, ह्याङ्गर लगाएतको विशेषताहरु रहेका छन्।
















