अध्यक्षद्धय ओली र प्रचण्डका दिन गए

202

काठमाडौं /  सांसद योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन सकिएको जनाए । भट्टराईले अब आफूहरुले पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजन ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका नेता भट्टराईले यस्तो जनाएका हुन् ।

उनले पार्टीको स्कुल विभागको प्रमुखमा अहिले चर्चामा रहेको नाम ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दुवैको नाम सुन्नै चाहेनन् । बरु, घनश्याम भुषाललाई उक्त विभागको प्रमुख बनाउनुपर्नेमा उनले जोड दिए । उनले अध्यक्षद्धय ओली र प्रचण्डलाई आफुहरुले धेरै मान्नुको मुख्य कारणमा उनीहरुको नराम्रो कुराभन्दापनि राम्रा कुरा बढि भएकोले मानेको सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here