चोरी गरेको अभियोगमा पक्राउ

219

धादिङ / मोबाइल लगायत अन्य विभिन्न सामान चोरी गरेको अभियोगमा ३ जनालाई निलकण्ठ नगरपालिका-३ एमाले चोकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुजन ठकुरी, सोही ठाउँ बस्ने १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् ।

सोही ठाउँ बस्ने चोक नारायण श्रेष्ठको डेराबाट असार ९ गते सामसुङ जे सेभेन मोबाइल र नगद समेत चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल १२ थान, लाईटर १४ थान, ढलौटको कचौरा १२ थान, फलामको खुकुरी २ थान, फलामको ह्‍याम्बर, रिन्ची, फलामको रड, सुनजस्तो देखिने मंगलसुत्र लगायतका समानहरु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here