ट्युनिसियाका राष्ट्रपति एसेब्सीको ९२ बर्षको उमेरमा निधन

388

एजेन्सी / उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ९२ बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए ।

उनी हाल सत्तामा रहेका बेलायतकी महारानी पछि सबैभन्दा पाका राष्ट्रप्रमुख थिए । लामो समयसम्म सत्तामा रहँदै आएका दर्जनौँ अरबेली तथा अफ्रिकी नेताहरूलाई सन् २०११ अरब मुलुकहरूमा भएको जनआन्दोलनको बलमा अभियानकै रूपमा सत्ताच्युत गरिएको थियो ।

एसेब्सी तत्कालिन तानाशाह जिने एल अविदिने बेन अलीको स्थानमा सन् २०१४ मा प्रजातान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित ट्युनिसियाको पहिलो राष्ट्रपति बनेका थिए । ९० वसन्त पार गरेका एसेब्सी गत जुनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भई उपचार गराएका थिए ।

उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि बिहीवार पुनः अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखी उपचार शुरू गरिएको थियो । ‘धेरै समस्या देखिएका छन्,ु छोरा अफेद काइद एसेब्सीले एएफपीलाई बिहीबार राष्ट्रपति एसेब्सीलाई भर्ना गरेपछि जानकारी दिए ।

आगामी नोभेम्बरमा निर्वाचनको मिति तय भएका समय एसेब्सीको स्वास्थ्यमा आएको गडबढीपछि अस्पताल भर्ना र मुलुकको शक्ति सन्तुलनमा आउनसक्ने सम्भावित शुन्यताप्रति चिन्ता प्रकट गर्दै राजनीतिज्ञ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका थिए । ट्युनिसियाको संविधानले राष्ट्रपतिको निधन भएमा अपनाउन सकिने दुई किसिमका शर्तको व्यवस्था उल्लेख गरेको छ । प्रथम व्यवस्था अनुसार राष्ट्रपतिको स्थानमा बढीमा ६० दिनका लागि प्रधानमन्त्रीले जिम्मेवारी लिने र उक्त समय सीमाभित्र निर्वाचन गर्ने र राजनीतिक सङ्कट टार्न सकिन्छ ।

दोस्रो विकल्प सभामुखले बढीमा ९० दिनका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ । तर दुबै व्यवस्थाका लागि ट्युनिसियाको संवैधानिक अदालतबाट निर्णय लिनुपर्ने व्यवस्था छ । तर अरब वसन्त आन्दोलनका आठ बर्ष पूरा हुँदा पनि संवैधानिक अदालतको स्थापना भइसकेको छैन । ट्युनिसियामा आगामी अक्टोबर ६ मा संसदीय निर्वाचन गर्ने र नोभेम्बर १७ मा राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here