इमरानको अमेरिका भ्रमण पनि चर्चाको विषय बन्यो

92

 काठमाडौं  / तीन दिने अमेरिका भ्रमणमा  रहनु भएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुभएको छ ।

 खानको भ्रमणका क्रममा  परिवारको एकजना पनि सदस्य थिएन न त कुनै नेता वा मन्त्रीका सन्तान नै गएका थिए ।

 नेपालमा भएको भए प्रधानमन्त्रीको नातेदार नभए मन्त्रीको नातेदार त्यती नभए पनि कुनै कर्मचारीको आफन्त त जान्थ्यो नै, जसको भ्रमणमा कुनै भुमिका नै हुँदैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी पुर्व प्रधानमन्त्री नवाज शरीफले एकपटक अमेरिका जाँदा छोरीसहित जानुभयो त्यो बेला उहाँले झण्डै ४ करोड पाकिस्तानी रुपैयाँ खर्च गर्नुभएको थियो ।

अघिल्लो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका जाँदा एकपटकमा मात्रै झण्डै १५ करोड खर्च गर्नुभएको थियो । नेपालमा पनि विदेश भ्रमण मोदीको जस्तो त हुँदैन तर शरीफको जत्ति हुने गरेको छ । विदेश भ्रमण, सभा समाहोरोमा जानुपर्छ वैदेशिक सम्बन्धको कुरा हुन्छ ।

यसको यो अर्थ होईन कि सम्बन्ध नै नभएको मान्छे लिने अनी रिल्याक्स हुनको लागि जनताको पैसा लिएर विदेश घुम्न जानुपर्छ । नेपालमै छन् घुम्ने ठाउँहरु गए हुन्छ । जनता भारत, पाकिस्तान र नेपाल लगभग सबैको अवस्था उस्तै–उस्तै छ । नेपाल गरिबी, बेरोजगारीसँग लडिरहेको छ । भारत हिन्दु, मुस्लिम, जात, गरिबी, बेरोजगारी र आ तंकवाद भारतमा पनि उस्तै छ ।

पाकिस्तानमा आ तंकवाद, बेरोजगारी, गरिबी उस्तै छ । विश्वका धेरै देशहरुको समस्या भनेको गरिबी र बेरोजगारी नै हो । जुन देशमा जनता धेरै गरिब र बेरोजगार हुन्छन् त्यहाँ धेरै समस्याहरु हुन्छन् । जति धेरै बेरोजगारी त्यती धेरै अधिकारका लागि लडाई हुन्छ । हरेक क्षेत्रमा आरक्षण आवश्यक पर्दछ । जो चलाख हुन्छ उसले अवसर तल्लो स्तरसम्म पुग्न दिदैंन र अरुलाई मेहनत पनि गर्न दिदैंन ।

आज पाकिस्तानमा इमरान खान पुर्व प्रधानमन्त्री र हिजोका नेताहरुसँग जवाफ माग्दै हुनुहुन्छ ? तपाईको यत्रो सम्पती कहाँबाट आयो रु कसरी विदेशमा बसेका तपाईका सन्तान अर्बपती भए, जनताको पैसा खोई ? आज हिसाब माग्दै गर्दा दुई जना पुर्व प्रधानमन्त्री र एकजना राष्ट्रपति जेलको हावा खाँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here