सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने : नेता नेपाल

187

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने जनाएका छन् ।

वरिष्ठ नेता नेपालले कमीकमजोरी छन भने सुधारेर अघि बढ्न पनि सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी पनि गरे ।

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालीमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले हामीले आफ्नो कमीकमजोरीलाई भने स्वीकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि जनाए । उनले पार्टी एकताको बाँकी कामलाई विलम्ब नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए ।

वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

उनले जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here