काठमाडौँ महानगरपालिकाले दियो सम्पत्ति करमा छुट

322

काठमाडौं– काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ ।

महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।

सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले जनाए ।

‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिएको हो ।’ कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here