अनियन्त्रित भएर झरेको शैन्य विमान दुर्घटना हुँदा चालकसहित १७ को मृत्यु

324

इस्लामाबाद / पाकिस्तानी सेनाको एक विमान रावलपिंडीको ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको छ । मंगलबार बिहान  विमान दुर्घटना हुँदा चालक दलकासमेत गरी १७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाले आफ्ना दुई जना सैन्य विमान चालक मारिएको जनाएको छ । विमान प्रशिक्षण उडानको क्रममा रहेको पाकिस्तानी सेनाले जनाएको छ । विमान रावलपिंडीको ग्रामीण क्षेत्रमा अनियन्त्रित भएर झरेको थियो ।

जानकारी अनुसार कयौं घरहरु क्षतिग्रस्त हुन पुगेको जनाइएको छ । अहिले पाकिस्तानी सेनाले सो क्षेत्रमा उद्दार कार्य जारी राखेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here