काठमाडौं / स्याङ्जा, वालिङ नगरपालिका-८ शित्तलनगरमा हाल नाम, थर, वतन नखुलेका करिब १५ वर्षीय बालकको शव मंगलबार बिहान फेला परेको छ । डोटी, दिपायल सिलगढी नगरपालिका-७ रातुली बस्ने करिब ४० वर्षीय भीम नेपाली आफ्नै घरमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


















