काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।
त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने आज साउन १४ गते दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् ।
केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् । स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ । सोमबार बसेको सचिवालय बैठक पनि साउन २८ गते बस्नेगरी विना निश्कर्ष टुंगिएको छ ।


















