सबै नेता आ–आफ्नै अडानमा ! प्रतिनिधिसभाको बैठक स्थगित

113

 काठमाडौं /  बिहीबारका लागि बोलाइएको  प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल ,राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको उक्त बैेठक संघीय संसद भवनमा बसेको थियो ।

सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सर्वदलीय छलफल निष्कर्षमा पुग्न सकेन ।

सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here