समाजबादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पायो

206

काठमाडौं- डा.बाबुराम भट्टराई नेतृत्त्वको नयाँ शक्ति पार्टी, नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकता भइ गठन भएको ‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी दर्ता भएको जानकारी दिएको हो।

पार्टी दर्ता भएसँगै संघीय संसद प्रतिनिधिसभामा प्रतिपक्षको कुर्सीमा बस्दै आएका डा. बाबुराम भट्टराई पनि सत्तापक्षको कुर्सीमा पुग्ने भएका छन्। उनी विधिवत रूपमा पार्टी एकता भएपछि मात्रै सत्तापक्षको कुर्सीमा बस्ने भनेर प्रतिपक्षी दलकै कुर्सीमा बस्ने गरेको समाजवादी पार्टीका सांसदले जनाउँदै आएका थिए।

तत्कालिन संघीय समाजवादी फोरम एकता पहिले नै केपी ओली नेतृत्वको सरकारमा सहभागी थियो। दुवै पार्टी एक भएपछि सरकारमा बस्ने कि बाहिरिने भन्ने बारे निर्णय गर्ने जनाइएको थियो। पछिल्लो समय भने यो पार्टी सरकारबाट नबाहिरिने निष्कर्षमा पुगेको जनाइन्छ।

एकताको घोषणाका बेला समाजवादी पार्टी, नेपाल नाम राख्ने भनिएको थियो। तर, निर्वाचन आयोगमा पार्टी पछाडि राखिएको ‘नेपाल’ भने दर्ता भएको पार्टीमा छैन। यसअघि नै उक्त पार्टी दर्ता भएको हुनाले नयाँ पार्टी पछाडिको नेपाल हटाइएको हो। पार्टीमा भट्टराई संघीय परिषद अध्यक्ष छन् भने यादव केन्द्रीय समिति अध्यक्ष छन्।

हेर्नुहोस् विज्ञप्तिः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here