ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रमाणपत्र दिएर जरिवाना गर्ने

639

सुनसरी / सवारी चालकले  मादक पदार्थ पिएर सवारी साधन तीव्र गतिमा कुदाउने र राजमार्गमा जथाभावी पार्किङ गर्नेलाई प्रदेश १ का ट्राफिक प्रहरीले यसै सातादेखि ‘स्पट’ मै प्रमाणपत्र दिने तयारी गरेको छ ।

सडकमा मापसे गरेर सवारी साधन जथाभारी कुदाउनेहरुलाई अचानक ट्राफिक प्रहरीले फेला पारेमा आफूले ‘अलिकतिमात्र’ मापसे गरेको भनेर उम्किन खोज्छन्। ट्राफिक प्रहरीले यसअघि प्रयोगमा ल्याएको ब्रेथलाइजरले यति नै मात्रामा मापसे गरेको भने प्रिन्ट कागज दिन सक्दैन थियो।

‘स्पट’ मै प्रमाणपत्र दिने तयारी गरेको ट्राफिक प्रहरीले  प्रमाणपत्रमा सवारी चालकले कति मात्रामा मापसे गरेको र कति स्पिडमा कुदाएको छ भनेर प्रिन्ट कागजमै तथ्यसहित उल्लेख हुने छ । तथ्यसहितको कागजी प्रमाणपत्र दिएर स्पटमै नियम अनुसार जरिवाना गर्ने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

सवारी दुर्घटना कम गर्न प्रदेश सरकारले ७ थान आधुनिक राडार गन, ३० थान ब्रेथलाइजर रसय थान व्हिल लक उपकरण उपलब्ध गराएको प्रहरी उपरीक्षक दाहालले जनाए । उनले भने, ‘पहिले हामी उपकरण र प्रविधिमा पछाडि थियौँ। अब कसैले झुक्याउन सक्दैन।’ सवारी साधनको गति मापन गर्ने राडार गन र ब्रेथलाइजरले तत्काल प्रिन्ट गर्ने सुविधा पनि छ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई गत आइतबार २४ लाख ४३ हजार ४ सय रुपैयाँका आधुनिक ब्रेथलाइजर उपकरण, ४८ लाख १७ हजार १ सय ९० रुपैयाँ मूल्यका ७ थान राडर गन र ४ लाख २९ हजार ४ सय मूल्यका १ सय थान ह्विल लक दिएपछि ट्राफिक प्रहरीको मनोबल बढेको ट्राफिक प्रहरी प्रमुख दाहालले जनाए । यसअघि ट्राफिक प्रहरीसँग ५१ वटा ब्रेथलाइजर भएपछि आधा दर्जन उपकरणमात्र चालु अवस्थामा थिए। त्यस्तै चार थान राडार गन पनि गुणस्तरीय नभएकाले हाइवेमा ओभर स्पिड कुदाउनेलाई कारबाही गर्न गाह्रो भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here