फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ चयन

240

हेटौंडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ चयन भएको छ । हेटाैंडामा भएको दुइ दिने प्रादेशिक भेलाले श्रेष्ठनको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएकाे छ ।

कार्य समितिको उपाध्यक्ष राजेश रुम्बा, उपाध्यक्ष (महिला) डोल्मा शेर्पा, महासचिव श्याम राना मगर, संस्थागत सचिव राजु नापित र संगठन सचिवमा शिशिर दोङ रहेका छन् । कोषाध्यक्षमा शंकर श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएकाे छ ।

सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पुर्णबहादुर मगर(विशाल), उदवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ, रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी, हिरालाल गुरुङ रहेका छन् ।

यस्तै लेखा समितिको संयोजक राजेन्द्र मानन्धर र सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी चुनिएका छन् । अनुशासन समिति संयोजक बाबुकाजी श्रेष्ठ र सदस्यहरुमा रिदेन महर्जन र रसिया श्रेष्ठ रहेका छन् ।

त्यस्तै गरी संघीय महाधिवेशन प्रतिनिधिमा पुर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here