काठमाडौं / बाग्लुङ, बागलुङ नगरपालिका-१ कालिका मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, राजापुर नगरपालिका-५ बस्ने ३५ वर्षीय दिनेश महरा घरदेखि करिब १.५ किमीको दुरीमा रहेको आँपको बगैचामा आइतबार राति मृत अवस्थामा फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानी आस्थानगर बस्ने ४५ वर्षीय शिबलाल चौधरी घरदेखि करिब ५० मिटर पर खेतमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















