महोत्तरी / मटिहानी नगरपालिका-८ स्थित घरहरूमा लुकाईछिपाई राखेको करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३८ बोरा मरिच मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ बस्नेहरु रहिम लहेरी, बस्ने जवार दर्जी र हकिम दर्जी समेत ३ जनाको घरमा उक्त मरिच फेला पारी बरामद गरेको हो । हाल उनीहरू फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















