काभ्रे / बनेपा नगरपालिका-१ टुकुच्चा नाला बस्ने रिमाल श्रेष्ठको ४१ महिनाको छोरा रिदेश श्रेष्ठको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मेशिनको तारमा खेल्दै जाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका रिदेशलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















