नेपाल वायु सेवा निगमको सुधारका लागि सुशिल घिमिरेको संयोजकत्वमा सुझाव कार्यदल गठन

240

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपाल वायु सेवा निगममा देखिएका तमाम समस्याहरु समाधानका लागि विज्ञहरु सम्मिलित सुझाव कार्यदलको गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकबाट गरिएको मन्त्रीस्तरिय निर्णयले कार्यदलको संयोजकमा पूर्वसचिव शुसील घिमीरेलाई चयन गरेको छ। अन्य सदस्यहरुमा लेखा बिज्ञका रुपमा सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिम प्रसाद पौडेल र क्याप्टेन सुधीर शम्सेर रहेका छन् भने कार्यदलको सदस्य सचिवमा बुद्धिसागर लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका अनुसार कार्यदलले एक महिना भित्रमा ठोस सुझाव सहितको प्रतिवेदन बुझाउनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here