५ बर्षीय नेपाली बालक शाक्यले अमेरिकी जुनियर ओलम्पिकमा तहल्का मच्चाए

178

एजेन्सी / एक नेपाली बालकले अमेरिकामा आयोजित जुनियर ओलम्पिक गेम्समा तहल्का मच्चाएका छन् । अमेरिकाको नर्थ क्यारोलिन राज्यको ग्रिन्सबोरो कोलिजम कम्प्लेक्समा हालै सम्पन्न ए ए यु जुनियर ओलम्पिक गेम्स २०१९ मा ५ बर्षीय नेपाली बालक स्यालओन शाकयले अमेरिकाका अन्य बालकहरुको चुनौती पन्छाउदै २ स्वर्ण र ६ रजत पदक जित्न सफल भएका छन् ।

चेसपिक मार्सल आर्टस् ओसियन पिनिस मेरिल्याण्डको प्रतिनिधित्व गर्दै तेक्वान्दो विधामा सहभागी भएका शाक्यले तेक्वान्दोको टे«डिसलन फर्म, क्रिएटिभ फर्म, म्युजिकल, विपोन्स र बोर्ड ब्रेकिङमा अमेरिकाका अन्य राज्यका खेलाडीहरुलाई हराएर २ स्वर्ण र ६ रजत पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा चेसपिक मार्सल आर्ट्सबाट ८ खेलाडी सहभागी हुँदै कुल ४८ पदक जित्न सफल भएको थिए । सहभागी टोलीलाई नेपालका मास्टर्स सुनिल शाक्य र अमेरिकाका मास्टर्स जासोन डेवसनले प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here