काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ३ जनाको मृत्यु, २५ बेपत्ता

357

काठमाडौं– सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् ।

ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जनाए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here