काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले एकातिर वार्ता र अर्कोतिर द मन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरेका छन् । ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्कोतिर उनीहरुमाथि द मन, धरप कड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भट्ट पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बने । विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लवसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे।
भट्टले अहिलेको सरकारी वार्ता टोलीले खासै पहल गर्न नसकेको जनाउँदै भने, ‘विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले सकेको छैन। विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्छ।’
नेता भट्टले विगतामा विप्लव आफ्नो घरमा बास बसेको स्मरण गर्दै अहिले पनि उनलाई सम्झिरहेको जनाए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेती महाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ’, उनले भने, ‘अहिलेको अवस्थामा फौ जी रुपमा जाँदा कति सफल हुने हो के हो ? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रा न्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’
नेता भट्टले कुमार पौडेलको हत्या होकि इन्काउन्टर छानविन हुनुपर्ने जनाए। ‘त्यो घटना हुनुहुन्थेन। हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ । वार्तामा जानुपर्छ।’ नागरिक दैनिकबाट


















