स्वयम्भू नजिकै लुटेरामाथि गोली प्रहार

217

काठमाडौं /  प्रहरीले  स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि गोली चलाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो। उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएको प्रहरीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here