नेदरल्यान्ड्समा गर्मीका कारण ४०० को मृत्यु

195

एजेन्सी / युरोपमा लू चलेका कारण अत्याधिक मात्रामा तापक्रम बढेको छ । यस कारण नेदरल्यान्ड्समा  एक हप्ताभित्र ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । यस देशको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू भएको सातामा दुई हजार नौ सय ६४ मानिस मारिएको जनाएको छ ।

युरोपभरि तापक्रम बढेकोले कीर्तिमान भंग भइरहेको छ । तापक्रमको रेकर्ड राख्न थालिएदेखि पहिलोपटक नेदरल्यान्ड्समा जुलाई २५ मा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ ।

सन् २००६ मा पनि नेदरल्यान्ड्समा दुईपटक लू चलेको थियो र त्यतिखेर पनि यति नै संख्यामा मानिसको मृत्यु भएको थियो । ८० वर्ष वा त्यसभन्दा माथिका थप ३०० मानिसको मृत्यु भएको छ । अधिकांश मृत्यु देशको पूर्वी भागमा भएको छ । त्यहाँ तापक्रम अन्तभन्दा बढी छ र देशका अन्य भागमा भन्दा लू बढी चलेको छ । नेदरल्यान्ड्सको जनसंख्या लगभग एक करोड ७० लाख छ ।

‘विश्वभरि नै जुलाई महिनामा सबभन्दा धेरै गर्मी हुन्छ । हाम्रो तथ्यांकअनुसार यसपालिको जुलाई अहिलेसम्मकै सबभन्दा गर्मी हो,’ कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अध्यक्ष जीन–नोएल थेपाउटले वक्तव्य जारी गर्दै बताए । ‘हरितगृह ग्यास उत्सर्जन र त्यसले गर्दा ‘विश्वभरि तापक्रम वृद्धि भएकाले यस्ता कीर्तिमानहरू भविष्यमा पनि तोडिनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here