खोकना-बुंगमतीवासी आन्दोलित ! ऐतिहासिक बस्ती मास्न पाइँदैन

281

 काठमाडौं / खोकना-बुंगमतीवासी आन्दोलित बनेका छन् । सरकारले  प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी विकासका आयोजना अघि बढाएको भन्दै  पीडितहरुले प्रदर्शन गरेका हुन् ।

बिहीबार काठमाडौं माइतीघरमा ब्यानर, प्लेकार्डसहित जनसरोकार समिति खोकना, खोकना-बुंगमतीवासी पीडित जनताको आह्वानमा प्रदर्शन गरिएको हो ।

सरकारसँग स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न  माग गरिएको छ ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकनारबुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको पीडितहरुले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here