संरक्षणको जिम्मा लिने समूहबाटै चारकोसे सखाप

222

काठमाडौं– संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ ।

सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरिसकेको छ ।

‘सामुदायिक र साझेदारी वन उपभोक्ता समितिले अनधिकृत रुपमा रुख काटेर जंगल उजाड बनाएको, काटिएका रुखको काठ र दाउरा वितरण प्रणाली पारदर्शी नभएको तथा कारोबार पत्यारिलो नभएको भन्दै ४६ सामुदायिक वन विरुद्ध उजुरी परेका छन्,’अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले भने,‘ती उजुरीमा अनुसन्धान भइरहेको छ ।’

सामुदायिक वन उपभोक्ता समितिले रेखदेख गरेबापत त्यहाँका काठ–दाउरा बेच्न पाउँछन् भने बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत मात्रै राजस्व बुझाए पुग्छ । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here