अमेरिकामा ग्रीन कार्ड लिन अब अझै गाह्रो

188

काठमाडौं– कानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउन र स्थायी नागरिकता पाउन अर्थात् ग्रीन कार्डको प्रक्रिया डोनल्ड ट्रम्प प्रशासनले थप मुस्किल बनाउने भएको छ ।

यो परिवर्तनले सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म आश्रित हुने आप्रवासी प्रभावित हुनेछन् ।

सरकारले आप्रवासनसँग जोडिएका नयाँ नियमको घोषणा गरेको छ जसअनुसार ती आप्रवासीको निवेदन स्विकार गरिने छैन जसले भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामाथि आश्रित हुनसक्छन् ।

ह्वाइट हाउसले भनेको छ, ‘अमेरिकी नागरिकको हितको रक्षाका लागि देशमा आउने आप्रवासी आत्मनिर्भर हुन आवश्यक छ ।’

अधिकारीकाअनुसार यो नियमले ‘स्वावलम्बनको महत्व’ लाई थप प्रभावकारी बनाउनेछ ।

अंग्रेजी जान्नैपर्नेः

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मलेनमा यो नियमको घोषणा गरे ।

उनले भने, ‘ग्रीन कार्डका लागि निवेदकको आर्थिक स्थिती, शिक्षा, आयु र उनीहरुले अंग्रेजी जानेको स्तरलाई आधार मानेर निर्णय लिइनेछ । कुनै एक मापदण्डलाई आधार मानेर यसबारे विचार गरिनेछैन । ’

सोमबार फेडरल रजिस्टरमा ‘पब्लिक चार्ज रुल’ नामको यो नयाँ नियम प्रकाशित भएको हो । नयाँ नियम यसै वर्ष १५ अक्टोबरदेखि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here