मैत्रीपूर्ण भलिबल खेलमा नेपालको रोमाञ्चक जित

366

काठमाडौं / ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जीत हासिल गरेको छ । उक्त खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट नेपालले २५–२२ ले अफगानिस्तानलाई सुम्पेको थियो । तर उत्कृष्ट खेल्दै दोस्रो सेटमा नेपालले अफगानिस्तानलाई २५–१७ ले पराजित गर्न सफल भयो । तेस्रो सेटमा पनि नेपालले अफगानिस्तानलाई २५–२१ को सेटमा पराजित गर्न सफल भयो । तर चौथो सेटमा भने नेपाल अफगानिस्तानसँग २५–२३ ले हारेपछि खेल बेष्ट अफ फाइभतर्फ धकेलिएको हो ।

पाँचौ सेटमा १५–१३ ले पराजित गर्दै नेपालले खेल जितेको हो । अफगानिस्तानविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल भोलि ३ बजे हुनेछ । एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आगामी भदौ दुईदेखि सात गतेसम्म लगनखेलस्थित आर्मी कभर्डहलमा हुदैछ । प्रतियोगितामा आयोजक नेपालसहित किर्गिस्तान, तुकिमेनिस्तान, उज्वेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here