दीक्षितको निधनबाट प्रधानमन्त्री ओली मर्माहत

126

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।

दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलि अर्पण गर्नेबारे परामर्श भइरहेको छ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here