अमेरिकाबाट डीबीले ल्याए ‘आज पनि तिम्रो याद’ (भिडियो)

233

गायक डीबी तामाङले  ‘आज पनि तिम्रो याद’  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हाल अमेरिकामा  रहेका तामाङले आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here