म्याग्दीमा वडा अध्यक्ष थापालाई कालोमोसो

112

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो ।

भ्रष्टाचार गरेको,राजश्व संकलनमा नातावाद, कृपावाद गरेको, बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ । थापालाई पटक-पटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ ।

देशभर स्थानीय निकायंमा बढ्दै गएको भष्ट्रचार र अनियमितता बारे नेकपाले कारबाही प्रक्रिया अगाडि बढाउने भएको बुझिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here