आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स आयो

51

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ। गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।

गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २ सय ७८ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here