इराकमा बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गयाे

73

काठमाडौं । इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गएकाे छ ।  विस्फोटमा परी इदको किनमेल गरिरहेका दर्जनौँ घाइते भएको  सञ्चारमा माध्यमले जनाएका छन्।

किनमेल गर्नेहरुको भिड भइरहेको बेला उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिस्फोट भएको हो। मंगलबार बिहान भएको विस्फोट पछिल्लो ६ महिनायताकै घातक मानिएको समाचारहरुमा उल्लेख छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।

पछिल्लो केही समययता यो समूहले बगदादमा सानातिना घटना गराउँदै आएको थियो। गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here