अवैध रुपमा भन्सार छलि ल्याईएका मोबाइल सहित पक्राउ  

134

काठमाडौं ।  अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका १३ थान मोबाइल सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भारत बिहार बैशाली भेरोपखरा ठेगाना भएका २८ वर्षीय जमशेद अलिलाई प्रहरीले पक्राउ गरेको छ ।

अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाइल बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा अलिको जेम्स मोवाइल रिपेयर पसलमा तलासी गर्दा भन्सार छलि बिक्री गर्ने उद्धेश्यले राखेका उक्त मोबाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मोबाइल सहित आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here