आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावर बिक्री खुला

135
काठमाडौं ।  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (शुक्रबार, जेठ २० गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

यसैगरी,  ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओको बिक्री  बन्द छिटोमा जेठ २५ गते हुने छ।  आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन्।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here