प्रतिबन्ध लगाए पनि युवाहरुको भेला भव्यताका साथ सम्पन्न

302

काठमाडौं / युवा संगठन नेपाल बाँकेको दोस्रो भेला भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रघात, जनघात र फाँसिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला भेला भव्यताका साथ सफल पारौ !! भन्ने मुल नारा सहित आइतबार सो भेला सम्पन्न भएको हो ।

भेलाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेशले यो सरकारको असफलता,गल्ती र अपराधहरुलाई ढाकछोप गर्नुबाहेक अरु केहि नभएको जनाए । उनले दलाल राज्यसत्ताका मालिकहरु दिन प्रतिदिन फाँसिवादी र निरंकुश बन्दै गएको जनाउँदै राष्ट्रियता र जनजिविका पक्षमा संघर्ष गरिरहेको आफुनिकट पार्टीमाथि कथित केपी प्रचण्ड सरकारले प्रतिबन्ध लगाएको जनाए ।

साथै उनले यो सरकार कम्युनिस्टको नाममा इतिहासकै सबैभन्दा कलङ्क र दलालहरुको सरकार भएको जनाउदै युवाहरुले यो सरकारका ब्यथितिहरुलाई जनता माझ लिएर फण्डाफोर गर्न युवाहरु शसक्त प्रतिरोध गर्न आवश्यक रहेको जनाए ।

यस्तै विशेष अतिथि नेकपाका बाँके इन्चार्ज मिशनले राष्ट्रका युवाहरु सधै परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने हुदा एकीकृत जनक्रान्तिमा पनि युवाहरुको भुमिका महत्वपूर्ण हुने जनाउँदै उनले जति छिटो युवा जाग्छन् , त्यति छिटो दलाल राज्यसत्ताको आयु छोटो हुने बिचार व्यक्त गरे ।

भेलामा बाँके सेक्रेटरी अनिल युवा संगठन नेपालका भेरी कर्णाली इन्चार्ज सितल पनि उपस्थित थिए । भेलाले दिपकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here