बालमन्दिरका निर्देशक बालिका बेचबिखन आरोपमा पक्राउ

249

काठमाडौं– शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार बर्थिङ सेन्टरसँग समेत मिलेमतो गरी डंगोलले बेलायती नागरिक डोना स्मिथलाई ‘चार लाख रुपैयाँ लिएर शिशु बिक्री गर्न खोजेका थिए।

बेलायती नागरिक स्मिथ २६ जुलाईमा नेपाल आएकी थिइन्। डंगोलसँगै प्रहरीले स्मिथलाई पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको छ।

दुवैलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको बोगटीले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here