पहिरो पुरिएर महिलाको मृत्यु

195

तनहुँ/व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरो पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले सरस्वतीलाई पुर्दा घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यस भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार घरका अन्य सदस्य र वृद्धा फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here