काठमाडौं / देशका विभिन्न स्थानहरुमा हालआएर अतिक्रमण भैरहेको सार्बजनिक सरकारी भूमि, पोखरी, मठ मन्दिर अतिक्रमणको बिषयलाई लिएर गत जेठ १ गते बुधबार ललितपुरको झम्सिखेलमा बी.बी.सी. साझा सवालमा अन्तक्रियात्मक कार्यक्रम गरियो ।
कार्यक्रममा सिमाविद् बुदिनारायण श्रेष्ठ, भूमि सुधार मन्त्रालयका सचिव लगायतका उपस्थित जनाएका थिए । उक्त कार्यक्रममा भूमि सुधार मन्त्रि आउने भन्ने कुरामा विशेष कारणबस उपस्थित नजनाएपछि उहाँको प्रतिनिधिका रुपमा भूमि सुधार मन्त्रालयका सचिवले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा बालुवाटार जग्गा अतिक्रमणको बिषयलाई लिएर अधिबक्ता युवराज कोइरालाले धारणा राखेका थिए ।
हाल ठमेलमा ऐतिहासिक, धार्मिक, संस्कृतिक तथा पुरातात्विक महत्व रहेको हजारौं साल पुरानो राज्यको नाममानै दर्ता कायम भैसकेको मोही नलाग्ने प्रकृतिको पोखरीमा मोही कायम गरि रैतानिमा परिर्वतन गरि राज्यको गौरबमय सम्पदा मासेर हाल निर्माण छायाँ सेन्टर बिषयमा अनुसन्धान कर्ता तथा सम्पदा संरक्षक अभियान्ता भागवतनरसिंह प्रधानका अनुसार, ठमेलको पोखरी बिषयमा विवरण भूमि सुधार मन्त्रालयमा आइसकेको र यस बिषयको कारबाहीको प्रक्रिया चांडै नै सुरु हुने भूमि सुधार मन्त्रालयका सचिवले आश्वासन दिनु भएको थियो ।


















