गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न

359

काठमाडौं / भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको छ। तीन हजार मिटर लामो धानवमागर्नको कालोपत्रे गर्ने काम आज सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने प्रदिप अधिकारीले दिएका छन् । भूकम्प तथा नाकाबन्दी कारण एक वर्ष लम्बिएको आयोजनाको असारसम्म धावनमार्ग, टर्मिनल, टावर भवनको काम सक्ने लक्ष्य लिइएको छ। धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको छ। ट्याक्सी वेको काम अन्तिम चरणमा रहेको आयोजनाले जानकारी दिएको छ। त्यस्तै एप्रोन यसअघि नै निर्माण भइसकेको छ।

टर्मिनल भवनमा छाना हाल्ने काम द्रुत गतिमा भइरहेको र असार अघि नै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ। टावरको काम पनि अन्तिम चरणमा पुगेको छ भने विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्युपमेन्टका लागि ठेक्का भइसकेको छ। यो कामका लागि एरो थाइ कम्पनीले जिम्मा पाएको छ। विमानस्थलको सिभिल कामका लागि चीनको नर्थवेष्ट एभिएसनले जिम्मा पाएको थियो। २०७१ सालदेखि शुरु भएको विमानस्थल निर्माणको काम अघिल्लो वर्षको असरामै सकिनुपर्ने भएपनि नाकाबन्दी, मधेस आन्दोलनका कारण प्रभावित भएको थियो।

निर्माण सामग्री तथा श्रमिक समस्याले ६ महिना बढी प्रभावित भएको विमानस्थलमा २०७४ को असोजदेखि स्थानीय ठेकेदार परिवर्तन भएपछि कामले गति लिएको थियो । विमानस्थलको सिभिल काम सकिएपछि अन्य काम यही भदो÷असोजसम्म सकिने र ढिलामा २०७६ को माघसम्म व्यावसायिक उडान गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। यद्यपी विमानस्थलमा धावगनमार्ग तयार भएको र आन्तरिक उडानहरु अबदेखि नयाँ धावनमार्गबाटै हुने छन्। पहिलेको धावगनमार्गलाई ट्याक्स वे बनाइने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here