वाङ्मय क्षेत्रका सात व्यक्तित्वहरूलाई सम्मान

69

काभ्रे । पनौतीस्थित साहित्यिक संस्था अक्षरमार्गले १०औं वार्षिक उत्सवका अवसरमा वाङ्मय क्षेत्रका सात व्यक्तित्वहरूलाई सम्मान अर्पण गरेको छ । शनिबार पनौतीमा आयोजित कार्यक्रममा अक्षरमार्गले ‘विष्णु–हेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट साहित्यकार तथा संस्कृतिकर्मी हरिराम जोशीलाई सम्मानित गरेको छ ।

त्यस्तै ‘श्रीराम स्मृति अक्षरमार्ग स्रष्टा सम्मान’बाट प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’बाट इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, ‘कृष्ण–सुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’बाट नरेशवीर शाक्य, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट प्रा.डा. गार्गी शर्मा, तथा ‘अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान’बाट रामसुन्दर देउजालाई सम्मानित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र र नगदराशि प्रदान गर्नु भयाे ।

कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्य, हरिराम जोशी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, नरेशवीर शाक्य, प्रा. डा. गार्गी शर्मा, रामसुन्दर देउजा, मोहन दुवाल, प्रा.डा शैलेन्दुप्रकाश नेपाल, सूर्यप्रसाद लाकोजूलगायतले बोलेका थिए ।

उक्त अवसरमा सूर्य लाकोजूका दुई पुस्तक ‘कवितामा समवेत स्वरहरू’ र ‘पनौतीका केही जात्रापर्वहरू’ लोकार्पण गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here