दुध हालेको चिया खाने चलन धेरै नै छ । चिया पीउनेले केही हदसम्मको हृदयरोगहरु बाट जोगाँउदछन भने तरिका नमिलेमा अनि अनावश्यक सेवनले अन्य बिभिन्न समस्या देखिने हुन्छ ।
ब्लड ग्रूपले मानव स्वास्थमा ठूलो भूमिका खेल्ने गर्छ । खानपानका कुराहरुले मानिसको स्वास्थमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । स्वास्थ क्षेत्रमा कुन ब्लड ग्रुपको व्यक्तिले कस्तो खाने कुरा खान सकिन्छ विभिन्न खोज तथा अनुसन्धानसमेत गरिएका छन् ।
चिया तथा कफीमा क्याफिन हुने भएकोले मानिसहरुलाई चिया–कफीको एक प्रकारको लत समेत लाग्न सक्छ । यस प्रकारको लतले कोहीलाई असर नगरे पनि धेरैलाई असर गर्ने गर्छ । मानिसको ब्लड ग्रुपका अनुसार फरक व्यक्तिले विभिन्न प्रकारको चिया तथा कफी खाने गर्दा उनीहरुलाई सकारात्मक असर पाउने हुन्छ ।
‘ओ’ ब्लड ग्रुप हुने व्यक्तिहरुलाई धेरै जसो पेटसम्बन्धी समस्याले दुःख दिइरहेको हुनुका साथै तनाव पनि धेरै नै लिने गरेको देखिन्छ । त्यसैले यस्ता व्यक्तिले सामान्य दैनिक खाने चियाको सेवन नगरी ग्रीन टी अथवा अदूवा चिया पिएमा स्वास्थ्यमा सुधार आउने चिकित्सकहरुले बताएका छन् ।
ए ब्लड ग्रुप हुनेहरुले दूध भएको चियादेखि टाढानै रहनु पर्छ । ए ब्लड ग्रुप हुने व्यक्तिहरुलाई कामको थोरै बोझले अत्याधिक तनाब हुने गर्दा शारीरिक साथै मानसिक स्फूर्ति जगाइ राख्नको लागि कालो चिया अथवा चियाको साटो जवानाको झोल तथा ज्यास्मिन चिया पिएमा तनाव हट्न सक्छ ।
‘बी’ ब्लड ग्रुप हुने व्यक्तिहरु सौखिन, सुस्त र अलि ढिलो स्वभावका हुने तेज्पत्ता भएको दूधको चिया सेवन गर्दा हुन्छ । पाचन प्रकृयामा खराबी हुने भएकाले पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि कागती हालेको कालो चिया, वजन नियन्त्रणको चाहना राख्ने व्यक्तिहरुका लागि ग्रीन टीको सेवनले तौल घटाउनका लागि मद्दत पुर्याउछ ।
‘एबी’ ब्लड ग्रुप हुनेहरुलाई धेरै निन्द्रा लाग्ने हुदा धेरै सोच्ने, कल्पनाशील हुने हुँदा चिया अथवा कफीबाट टाढा रहँदै उचित हुन्छ । चिया–कफीको सेवनले उनीहरुको निन्द्रा बिगार्ने हुँदा चिया–कफीको सट्टामा ग्रीन टी तथा हर्वल चिया पिउँदा शरीरलाई फाईदा पुग्न सक्छ ।
तर, दैनिक चिया तथा कफी पिउँदा यसको लत नै लागेको छ भने चियाले फूर्तिलो महसुस गराए पनि दिनभरिमा धेरै कप चिया पिउनु हुँदैन । धेरै चिया पिउँदा स्वास्थमा असर गर्ने हुँदा दिनमा २–३ कपभन्दा बढी चिया पिउनु हुँदैन । सकेसम्म कालो चिया पिउने बानी बसाउनु पर्छ ।


















