झापा स्पोर्टस् अवार्ड २०७५ असोज दोस्रो सातामा

208

झापा / नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ आगामी असोज महिनाको दोस्रो साता वितरण गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्य समितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको संयोजकमा बुद्ध तामाङ र सह–संयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

मञ्च अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा बिर्तामोडमा भएको बैठकले तामाङ र सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले पूर्णता पाएपछि आगामी बैठकमा अवार्डको मिति तय गरिने सचिव अर्जुन राजवंशीले जानकारी दिए । बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, साधारण सदस्यहरु इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ ।

यसका साथै, अधिवेशन र फोटो पत्रकारिता तालिममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को उपाध्यक्षमा निर्वाचित मञ्चकी सह–सचिव भूमिका सुब्बालाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।मञ्चले विगत दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

एनएसजेएफ झापाले गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी ९युवा० लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको अध्यक्ष खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here