नेकपाको सचिवालय बैठक आज बस्दै

197

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

यस अघि शनिबार बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ ।

नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here