एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा आज दुई खेल हुँदैछन् । नयाँ सिजनको सुरुआत खेलमा सेभिल्ला स्पानियोलसँग खेल्दा लेभान्ते अल्भेसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । स्पानियोल सेभिल्लाको मैदानमा भिड्दा अल्भेस लेभान्तेको मैदानमा जाँदैछ । स्पानियोल र सेभिल्लाबीचको खेल नेपाली समयअनुसार राति १० : ४५ बजे सुरु हुनेछ ।
लेभान्ते र अल्भेसबीचको प्रतिस्पर्धा बेलुका ८ः४५ बजे सुरु हुनेछ । यसअघि गएराति सम्पन्न खेलमा भ्यालेन्सीयाले रियल सोसिडाडसँग १–१ को बराबरी खेल्दा भिल्लारियल र ग्रेनाडाले ४–४ को बराबरी खेलेका छन् ।


















